Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
May 17th

सामाजिक सञ्जाल साइट 'मेरोपोष्ट' सञ्चालनमा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, भदौ १७ (नागरिक) - नेपाली विद्यार्थी सुनिल चौलागाईले ट्विटर जस्तै नयाँ सामाजीक सञ्जाल 'मेरोपोष्ट' सञ्चालनमा ल्याएका छन्। कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई अध्ययन गरिरहेका चौलागाईले डेढ वर्षसम्मको निरन्तर प्रयासपछि योसामाजीक सञ्जाल सञ्चालनमा ल्याएका हुन्। 'यसमा नेपालीमै टाइप गर्न र ट्विटरमा भन्दा थप सुविधाको रुपमा च्याट गर्न मिल्छ,' चौलागाईले भने।

नेपालमा फेसबुक, माइस्पेस, ट्विटर जस्ता साइटहरु युवाहरुमा लोकप्रिय भैरहेको छ। यस्ता साइट नेपालमा पनि बनाउन सकिने देखिएकोले उनी एक्लैको प्रयासले मेरोपोष्ट डटकम सञ्चालनमा ल्याएका हुन्।

'ट्विटरमा जे जति सुविधा छन्, ती सबै मेरोपोष्टमा छन्,' उनले भने। यसमा ग्रुप खोल्ने, फोटोहरु अपलोड गर्ने, आफूलाई मन लागेको साइडबार राख्न मिल्नेगरि बनाइएको छ।

एकैपटकमा दुईलाख जनाले प्रयोग गर्न सकिने गरि ५० जिबी क्षमताको सर्भर राखिएको छ। ६ महिनाअघिदेखि परिक्षणको रुपमा चलाइएको यो साइटलाई यसै सातादेखि व्यबसायीक रुपमा प्रयोग गर्न सकिने बनाइएको छ। अहिलेसम्म एकहजार पाँचसय जनाले नियमित रुपमा मेरोपोष्टको प्रयोग गरिरहेका छन्।

नेपालमा पनि सामाजीक सञ्जालका प्रयोगकर्ता बढ्दै गएपछि यसलाई तयार गरेर सञ्चालनमा ल्याइएको हो। नेपाल टेलिकमले आउँदो दशैंदेखि फेसबुक जस्तै 'एनटि चौतारी' सञ्चालनमा ल्याउँदैछ।

मेरोपोष्टको सर्भर भने अमेरिकामा राखिएको छ। नेपालमा प्रविधि र पूर्वाधारले सर्भर राख्दा समस्या आउने देखेर उनले अमेरिकामा सर्भर राखेर सञ्चालनमा ल्याएका हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com